0 COMMENTS

काठमाडौं२९भदाै०७५/ नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् ।

बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शुक्रवार सर्वोच्च अदालतले प्रकाण्डलाई विनाशर्त रिहा गर्न आदेश दिएको छ । प्रकाण्डलाई छाड्न भनेर सर्वोच्च अदालतले शुक्रवार गरी चौथोपटक आदेश दिएको हो ।

शुक्रवार सर्वोच्चको आदेशानुसार रिहा भएका प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।अदालतले रिहा गर्न भनेर पनि प्रहरीले पुनः पक्राउ गरेको भन्दै प्रकाण्डका समर्थक र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्वोच्च अदालत बाहिरै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।