0 COMMENTS

काठमाडौं २९भदाै०७५/ बोलपत्र बिक्री प्रबन्धक प्रभू क्यापिटलमा प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार २६.६३ कित्ता सेयर लिलामीको बोलपत्र शुक्रबार खेलिएको छ । यसमध्ये सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयरमा न्यूनतम ४५१ रुपैयाँसम्म भाउ कबोल गर्नेले सेयर पाएका छन् । भने संस्थापकतर्फ न्यूनतम १७० रुपैयाँ भाउ तोक्नेले सेयर पाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलका प्रमुख ब्यापार अधिकृत बासु थपलियाले बताए ।

सर्वसाधारण समूहमा अधिकतम ५०० रुपैयाँ सम्म आवेदन परेको छ । प्रभु इन्सुरेन्सले असार ८ गतेदेखि साउन १० गतेसम्म ४६% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गरेको हो । यस इन्सुरेन्सको नेप्सेमा बिहीबारको क्लोजिङ भाउ प्रतिकित्ता ४८८ रुपैयाँ छ ।

लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यस कम्पनीले २२ करोड १५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ रहेको प्रभु इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।