0 COMMENTS

काठमाडौँ२९भदाै०७५/ सुस्मिता बम्जन केसी नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । उनी सदाबहार नायक भुवन केसीको पूर्वपत्नि र अनमोल केसीको आमा हुन ।

सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । यति बेला अभिनेत्री सुस्मिता बम्जनले ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फीजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी छन् ।

पारिवारिक तथा अनमोलकै सहमतिमा यो इन्गेजमेन्ट भएको हो । सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा हुनेछ । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाढ्य व्यापारी हुन् । दुई वर्ष अगाडि उनले निर्माण गरेको फिल्म ’म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो भने सुस्मिताले भुवनसँग ’नेपाली बाबु’, ’करोडपति’, ’सुपरस्टार’ लगायतका फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।