0 COMMENTS

काठमण्डाै२८भदाै०७५/कालिका पावर कम्पनी(KPCL) को १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) मा आवेदन खुलेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो। जसमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईनेछ ।

कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न पाईनेछ । मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि शेयर आवेदन दिन सक्नेछन् ।

कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

कस्तो हो कम्पनी ?

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १० लाख रुपैयाँ छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्धक निर्देशकमा पूर्वमन्त्री एंवम निमार्ण व्यवसायी बिक्रम पाण्डे रहेका छन् ।

आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । कम्पनीले चालु आर्थिक बर्षबाट लाभांश दिनसक्ने प्रक्षेपण समेत गरेको छ । कम्पनीले चालु बर्षमा ३ करोड रुपैयाँ अर्थात चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको शेयर लाभांश बाड्ने दाबी गरेको छ ।

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठेकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

आईपिओ जारी गर्न इक्रा रेटिङ गराएको कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।