0 COMMENTS

बिहान ४ बजे निन्द्रा खुल्ने समय देखि नै बाटो हल्ला खल्ला ले गुञ्जायमान थियो भने मिर्मिरे उज्यालो हुँदा देखि नै थरी थरी का लुगाहरुमा सजिएका मानिसहरूको भिडले सडक रङ्गिएको थियो। प्रायः धेरैका हातमा ठूला ठूला झोला अनि मुहारमा खुसी झल्किन्थ्यो। हर्न बजेको आवाज र भीड भाड देखेर आज के रहेछ भनेर सोच्न थालेँ। केही वेर पछि पो थाहा भयो कि आज त बुवाको मुख हेर्ने दिन पाे हो त भनेर त्यसैले त महिला दिदी बहिनी हरू राम्रा राम्रा गहना लगाएर माइत जाने र तीज सम्म बस्न पाइने हर्ष ले दङ्ग देखिएका रहेछन।

यसरी धेरै मान्छे हरुलाई बजार जाने भ्याइ नभ्याइ र माइत जाने हतार भईरहँदा मलाई भने मात्र फुर्सत रहेछ न सडकको भीड छिचोल्नु थियाे न पसलकोबेफुर्सदी मा पालो कुर्नु थियो। तर सबैलेगरेको हतार मा गर्नु केही नभएपनि खै किन हो गर्न मन् लागेछ अनि ठूलै काम गर्नु छ भने झैं गरी म पनि लागे न्युरोड तिर।

लगभग भद्रकालीको मन्दिर निर पुग्नै लाग्दा मोबाइल को घण्टी बज्यो, हेरें नम्बर अपरिचित नै थियो र पनि उठाउनु त पर्यो नैं। अनि उताबाट एउटा बूढो मान्छेकाे बोली आयो। “छोरी तिमी त आएनौ”। म झसङ्ग भएँ, मैले त्यसको जवाफ के दिने नै जानिन, किनकि सानो उमेरको याद रहेन जब याद रहने भयो तब मैले बुबाले बोलाएको सुन्न पाएकै रहेनछु।

धेरैले हरेक दिन सुन्न पाउने शब्द मेरो लागी त नौलो पाे रहेछ। फेरि बिहानै देखि बुवाको यादमा विरहिएको मन् अनि आफूलाई कसैले गरेको छोरी काे सम्बोधन, सुन्न फेरी मन् लाग्यो तर भन्ने लाई सायद रहर थिएन। अनि हुन्छ म केहि दिन पछि आउँला भनेर फोन राखिदिएँ। यत्तीकैमा खै कसरी बिना संकेत आकाशबाट बर्सने ठूलो ठुलो थोप्ला को वर्षा जस्तै बनेर मन् बर्सि सकेछ। हुन पनि न आफ्नो बुबा, न ठुलो बुबा न हजुरबुबा अनि न काका बुबा। बुबाको नाम मा कतै कोही नभएकी मलाई छोरी भन्ने शब्द त अनमोल पो रहेछ। त्यसैले त मैले त्याे बोलावट मा बोल्ने शब्द जानेकै रहेनछु।

माइक्रो बसको यात्रा अनि झरेका आँशुलाई मेहनतका साथ दबाउँदै गएँ। खास मलाई जानु पनि कहिं थिएन यसै बजार घुमौ भन्ने मात्र त थियो फेरि बजार मा रमझम नभएको पनि होइन तर फिक्का अनुभव गर्दै घर फर्कने मन् बनाएं र गाडीमा असहज यात्रा गरिरहँदा छाती भित्र के गाँठो बनेको रहेछ थाहै भएन। जुन कसैलाई देखाउन मिल्ने थिएन भने, कसैलाई भनेर केही हुने पनि थिएन। तर घर पुगे पश्चात भने आफ्नो काम कर्तव्य छिटो छिटो सकेर एकै छिन् पारिजातको बास्ना सँगै एकान्तमा बसेर बुवासएका छोटो पलको स्मरण गर्दै मन् बगाइरहँदा भने कतिखेर गाँठो फुकेछ थाहै भएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।