0 COMMENTS

केही दिन अघि विश्व चर्चित अमेरिकन आईडलको नेपाली संस्करण नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी सबैलाई थाहा छ । तर ती काउली बुढी साँच्चै ८० बर्षे बृद्ध जस्तै हुन् त ? यो सस्पेन्स राख्न खोजिएको थियो । तर प्रतियोगिताकै क्रममा त्यो सस्पेन्स खुल्यो । उनी ८० बर्षे बृद्ध हैनन् ।

उनी त अब नेपाली सांगीतिक क्षेत्रमा चिनिने हट एण्ड ब्युटी गायिकाको रुपमा परिचय बनाउन सक्ने क्षमता र रुप भएकी युवती रहिछन् । उनी हुन् । सुर्खेत स्थायी घर भई काठमाडौको बुद्धनगरमा बस्दै आएकी २२ बर्षिया सन्ध्या बुढा । उनको स्वर मात्र तारिफ छैन अहिले उनको कला र अभिनयको समेत जताततै चर्चा छ । हुनपनि किन नहोस् ।

उनले निक्कै कलात्मक अभिनय देखाईन् । त्यो सुटिङ्ग थियो । यसैले निर्णायकहरुलाई थाहा भएकोपनि हुन सक्छ । निमार्ण पक्षले नै त्यो रोमाञ्चक क्षण बनाउन थाहा नदिएकोपनि हुन सक्छ । तर उनले अडिसन राउण्डमा पहिलोपटक काउली बुढीको रुपमा प्रस्तुत भइन् । फेरी एकैछिन्मा रियल लाईफकी सन्ध्या बुढाको रुपमा प्रस्तुत भईन् । कलाकारिता र गायन उत्तिकै प्रखर थियो । नाटकीय नै भएपनि एकैछिन् । निर्णायकहरु चकित बने ।

यद्यपी त्यो उनीहरुले थाहा नपाएकोपनि हुन सक्छ । किनकी उनको कलाकारिता यति खारिएको थियो की एकैछिन अघि प्रस्तुत भएकी काउली बुढी नै सन्ध्या बुढा हो त ? दर्शक भने अन्यौलमा पर्ने नै थियो ।

धेरैले नोटिस नगरेकोपनि हुनसक्छ । उनी एबीसी टेलिभिजनको अर्को चर्चित कार्यक्रम इन्द्रेणीको नियमित गायिका समेत हु्न् । नेपाल आईडलको अडिसनपछि उनले लेखेकी छिन् । सम्पूर्णमा नमस्कार म काउली बुढी यानककी सन्ध्या बुढा आज धेरै खुसि छु मलाई यति धेरै माया गरिदिनु भएकोमा मैले गाएको गित अनि काउली को अभिनयलाई धेरै भन्दा धेरै मन पराइ दिनु भाको छ आशा छ आगामी दिनमा अझै माया र सुपोर्ट मिल्ने छ।

उनको त्यो कलाकारितालाई सल्यूट गर्दै उनको फेसबुक अकाउण्टबाट यो पोजेटिभ समाचारका लागि तस्विर साभार गर्दै छौ । किनकी रिलमा देखिएकी काउली बुढी रियलमा कस्ति छिन् । सबैको चासोको बिषय छ । ग्ल्यामर शब्दमा भन्नु पर्दा उनी साँच्चै हट एण्ड ब्युटी नै छिन् ।[view_video url=”L0_4f2jNr8Q”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।