0 COMMENTS

 बासुदेब सेढाई, भदौ – १० लमजुङ / नेपालीहरुकाे पर्व जनैपुर्णिमा अर्थात रक्षाबन्धनकाे अवसरमा लमजुङको बेसीशहर स्थित ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय तथा ॐ शान्ति भवनमा रक्षाबन्धन तथा शान्तिकाे सन्देश कार्यक्रम सम्पन्न भएको छ ।

बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि बिद्यालयले रक्षाबन्धन लगाउदै सम्पूर्ण मानव जातीमा शान्ति ,सद्भाव ,बिश्वास र अहिंसाकाे कामना गरेको छ । मानवमा नैतिकता ,ईमानदारीता , सत् चरित्र ,अहिंसा ,दया माया हराउदै गएकोमा चिन्ता समेत जनाएको छ । हत्या ,हिंसा ,बलात्कार ,ठगि ,चाेरि , लुट ,षाेषण अादि बढ्दै जानू मानवीय चरित्र दानविय चरित्रमा परिवर्तन हुदै गएकोले याे रक्षाबन्धनले सबैमा शान्ति कायम हाेस् , भाईचारा हाेस्, मानवीय एकता हाेस् ,प्राणी हिंसा बन्द हाेस् ,सबैले शान्तिकाे सास फेर्न पाउन् भनी अपेक्षा राख्दै बिद्यालयले शुभकामना र शुभभावना राखेको छ ।

रक्षा बन्धन ग्रहण गर्न बेसीशहर नगरपालिकाका प्रमुख लगाएत बिशिस्ट ब्यक्तित्वहरु साथै बेसीशहरका स्थानीयहरुकाे उल्लेख्य उपस्थिति थियोे । ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालयकि संचालिका यबं ब्रम्हकुमारी राधा दिदिले सम्पूर्ण उपस्थित ब्यक्तित्वहरु लाई रक्षाबन्धन लगाईदिनुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।