0 COMMENTS

काठमाण्डाै०३भदाै०७५/  बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता २०७५मा जित हात पारेका छन् ।

टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको उमेर समूह लिग प्रतियोगिताको छात्रको १६ बर्ष मुनिको प्रतियोगितामा सुजनले पुष्प सदनका आभाष चौलागाईलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा प्राईम कलेजका राजन तामाङ्ग र गुड स्टार्ट एकेडेमीका आदित्य ढुङ्गाना रहे ।

यस्तै सोहि समूहको छात्रा तर्फ मारियाले आफ्नै स्कुलकी अनुष्का सिम्खडालाई पाखा लगाउँदै स्वर्ण जितिन् । महालक्ष्मीकी स्नेहा अधिकारी र त्रियोगकी आयुष्मा गैरेले कास्य पाए ।

चार उमेर समूहमा भएको प्रतियोगिताको छात्र १४ बर्ष मूनिको प्रतिस्पर्धामा मनकामना स्कुलका एलेक रायमाझीले स्वर्ण पाए । प्रोक्सिमाका रमन थापा मगरले रजत तथा द ईलाईट कोएडका अन्जन शर्मा र श्री महाङकालका दिपेश श्रेष्ठले रजत पाए । छात्रा तर्फ भानुभक्त मेमोरियलकी श्रीश्मा तुलाधरले त्रियोगकी अशिमा गुरुङ्गलाई पराजित गर्दै जित हात पारिन् । अरुणी सेकेण्डरीकी अश्मिता कार्की र साब पब्लिककी मुस्कान पासवान तेश्रो स्थानमा रहे ।

लैनचौरस्थित कभर्डहलमा भएको प्रतियोगिताको १२ बर्ष मूनिको प्रतिस्पर्धामा छात्र तर्फ पुष्प सदनका शिद्धार्थ तामाङ्गलाई पाखा लगाउँदै ग्रिनफिल्डका हिमाल बिष्टले स्वर्ण कब्जा गरे । डिएभीका रवी कुमार दास र द न्यू समिटका आशुतोष आचार्यले कास्यमा चित्त बुझाए । छात्रा तर्फ बिजेश्वरीकी सुष्मिता खड्काले स्वर्ण हात पारिन् । उनले जनकनाथ मेमोरियलकी स्वर्णिमा कंसाकारलाई पराजित गरिन् । त्रियोगकी प्रतिक्षा थापा र जनकनाथकी ईना डङ्गोल संयुक्त तेश्रो भए ।

१० बर्ष मूनिको छात्र तर्फ ज्ञानभैरवका श्रेयान शाधाले स्वर्ण प्राप्त गर्दा एसभिआईका उज्वल मानन्धर रजतमा खुम्चिए । भानुभक्त मेमोरियलका सदीप देवकोटा र जनकनाथका सविन तामाङ्गले कास्य पाए । छात्रा तर्फ ईष्टपोलकी पुजा सोतीले स्वर्ण, नेशनल चिल्ड्रेनकी अनामिका कस्तीले रजत तथा एम्सका अंकिता खनाल र स्मृती जैसवालले कास्य पाए ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे ।प्रतियोगितामा छात्र तर्फ ११९ र छात्रा तर्फ ४५ खेलाडीहरुले चार उमेर समूहका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।