0 COMMENTS

सुनसरी०३भदाै०७५/ मोरङमा एक पत्रकारलाई लुटपाटको प्रयास भएको छ । उदयपुरका पत्रकार चित्रकुमार कार्कीलाई मोरङको सुन्दरहरैचा ३ स्थित बलियामा अटो चालकले लुटपाट गर्ने प्रयास गरेको हो ।

काम बिशेषले बृन्दाबन गौशला आएका पत्रकार कार्कीलाई शनिबार राती १० बजे सडक पार गर्ने क्रममा को २ ह २४९८ नंम्बरको अटो चालकले लुटपाट गर्ने प्रयास गरेपछि कार्कीले प्रतिकार गरेका थिए । सो क्रममा चालक र कार्की बिच तानातान भएको थियो । लुट्ने प्रयासले आफ्नो मोबाइल र क्यामेरा खोसेको र प्र्रतिकार गर्दा चालक फरार भएका थिए । सो क्रममा पत्रकार कार्कीले अटोको फोटो भने खिच्न भ्याएका थिए ।

चालकले घाटी समातेर उचालेर कुटपिट समेत गरेको पिडित कार्कीले बताए ।

घम्साघम्सी पर्दा कार्कीको मोबाइल फुटेको छ । लुटपाट गर्ने उदेश्यले आफुमाथि आक्रमण गरेको कार्कीको भनाई छ । पत्रकार हु भनेपछि अटो चालक त्यहाँबाट भागेका थिए । घटनाको बिषयमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा जानकारी सहित निवेदन दिएका छन् । प्रहरीले भने अटो र चालक दुवैलाई खोजी भइरहेको जानकारी दिएको छ ।

कार्कीमाथि लुटपाट भएपछि इटहरीका संञ्चारकर्मीहरुको पहलमा प्रहरीलाई जानकारी गराइएको हो । कार्की पत्रकार सगै उल्टो मोटरसाइकल यात्री समेत हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।