0 COMMENTS

 काठमाण्डाै०३भदाै०७५/ फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ ।आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षती नपुगेको जानकारी दिएको छ ।

‘मैले क्षतीको त्यति आशा गरेकी छैन । मानिसहरुले यो महसुस गर्छन् तर कुनै क्षती भने हुनेछैन,’ अमेरिकी भूगर्भ विभागकी जियोफिजिस्ट जाना पर्सलेले रोयटर्सलाई भनिन् ।भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नरहेको सिभिल डिभेन्सका प्रवक्ताले जानकारी दिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।