0 COMMENTS

काठमाडौ ०२भदाै०७५/ सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार काठमाण्डाैकाे सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ । पहिलो छनौट प्रक्रियामा  काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए । उत्त अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले हामिलाई जानकारी दिनु भयो ।

उत्क छनौट कार्यक्रममा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य , एयरक्राफ्ट इन्जिनियर रन्जीत जैशवाल ,प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु ,सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी रहनु भएको थियो । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगिहरुलाई भाद्र ५ गतेवाट प्रशिक्षणमा सहभागी गराइने छ ।

कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ । जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेमा हामि विश्वस्थ छौ ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथैे दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।