0 COMMENTS

काठमाण्डाै०२भाद्र०७५/ स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।शनिबार सम्पन्न लिग खेलका आधारमा सिनियर ब्वाईज तर्फ एचएचसिए, बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस, युलेन्स, श्रीदिवा, हिम्स, जयप्रेमी, होपभ्याली ए र बि, नवज्योती, भ्याली पब्लिक, आयोजक स्किब प्रिक्वाटरमा प्रवेश गर्न सफल भए ।

यस्तै सिनियर गल्र्स तर्फ एभरेष्ट, आयोजक स्किब सी, होलीकेयर, कान्तिपुर, द एक्सेल्सियर, केभिकेएसएस, बृहसपती र निम्स ए पनि प्रिक्वाटरमा स्थान पक्का गर्न सफल भए । जुनियर ब्वाईजमा महामञ्जुश्री र नेरिकले प्रिक्वाटरमा स्थान बनाए ।

श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको आयोजनमा भएको प्रतियोगिताको स्कुलका प्रिन्सिपल अरुण कुमार के.सी.ले रेफ्रि अनुज खत्रीलाई बास्केटबल हस्तान्तरण गर्दै उद्घाटन गरे । आज सम्पन्न लिग प्रतियोगितामा ९४ खेल सम्पन्न भएको आयोजकले जनाएका छन् ।

बशुन्धारास्थित आयोजकको आफ्नै प्राङ्गणमा आयोजना भएको प्रतियोगितामा सिनियर ब्वाईज तर्फ ३१ स्कुल, जुनियर ब्वाईज तर्फ १६ र सिनियर गल्र्स तर्फ २४ स्कुलले प्रतिस्पर्धा गर्ने छन् ।तीन दिन सम्म संचालन हुने प्रतियोगिताका बिजयी टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।