0 COMMENTS

काठमाण्डाै०२भाद्र०७५/अन्तराष्टिय क्योकुसिनकान कराते थाईल्याण्डको आयोजनमा हुन लागेको दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन जाने नेपाली क्योकुसिन टोलीलाई संघका केन्द्रिय अध्यक्ष राजु थापा, प्रशिक्षक राजेन्द्र कपाली तथा कान्छा वाइवाले आज बिदाई गरे ।

प्रतियोगितामा सहभागी हुन जाने टोलीमा विनय सिंह, कविराज माली र दिपेन सापकोटा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा सुदन लामा र ब्यवस्थापकमा रमेश तामाड. रहेका छन् ।प्रतियोगिता अगष्ट १९ र २० मा बैङ्गककमा आयोजना हुनेछ । टोली शनिबारनै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।