0 COMMENTS

काठमाण्डाै०२भाद्र०७५/ नुवाकोट भेट्रान्स क्लब खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा शनिबार उपाधी हात पार्न सफल भएको छ ।चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोटले जावलाखेल भेट्रान्स क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । नुवाकोटका जगत लामाले ह्याट्रिक गरे भने अर्को एक गोल सुरज लामाले गरे ।

प्रतियोगिताको म्यान अफ दि म्याच नुवाकोटका जगत लामा, बेष्ट डिफेन्स जावलाखेलका नरेश थापा र नुवाकोटका राजु सिंह रहे ।बिजयी नुवाकोटले ट्रफी सहित नगद १ लाख र उपविजेता जावलाखेलले ५० हजार र ट्रफी प्राप्त गरे । यस्तै बेष्ट प्लेयरहरुलाई चावहेल प्लाजाका प्रोपाईटर निरेश मानन्धरले गिफ्ट ह्याम्पर प्रदान गरे ।बिजयी टिम तथा खेलाडीहरुलाई काठमाण्डौ क्षेत्र नं. ४ का प्रदेश सभासद्हरु नरोत्तम बैद्य, राधा घले तथा निमा लामाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।