0 COMMENTS

काठमाडौ०२भाद्र०७५/ चन्दा आतंकमा समातिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशमा राति नौ बजे अदालतबाट छुट्नुभयो ।

तर उहाँलाई अदातल बाहिर आउनासाथै पुनः प्रहरीले समात्यो । उहाँविरुद्ध फेरि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको उजुरी परेको भन्दै प्रहरीले समातेको काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापा जानकारी दिनुभयो ।

थापाका अनुसार उहाँलाई अब काभ्रेमै प्रहरीकहाँ लगेर बुझाइने र उतैबाट मुद्दा चलाइने छ । प्रकाण्डले समातिँदै गर्दा आयोगमा केही कुरा थियो, त्यही भएर जान लागेको तर नपाइएको बताउनुभयो । यसअघि उहाँ चन्दा आतंकमा हेटौडाबाट आउँदै गर्दा बीच बाटोमै पक्राउ पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।