0 COMMENTS

काठमाडौं ०१, भदौ ०७५ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १८५ कम्पनीहरुको कारोबार भएको छ । २२५२० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको १६ हजार ३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार ८४० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन १२१०.३२ अंकमा पुगेको छ ।त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकलेघटेर २५५.३८ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (७ करोड ८४ लाख रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्या (१ लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।