0 COMMENTS

काठमाडौं२९साउन०७५/नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बहुमत मिलेर निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको सोमबार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले बताएका हो ।

संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार संविधानमा फरक मत राख्दै आएका विभिन्न राजनीतिक दलका मागलाई समेत सम्बोधन गर्दै र आवश्यकताका आधारमा संविधानलाई संशोधन गरेर सर्वोपरि संविधान बनाउने सरकारको ध्येय रहेको तर्क थिएका थिए ।

नेपाली इतिहासमा निर्माण गरेका ७वटा संविधान मध्ये उत्कृष्ट वर्तमान संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको बताएका छन् ।

संविधानले दिएका अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्न सरकार अग्रसर रहेको प्रम ओलीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।