0 COMMENTS

डढेल्धुरा२९साउन०७५/ कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन्।स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन्। गाउँपालिकाले प्रतिखसीबोका २०० रुपैयाँका दरले निकासी कर लिन थालेको छ।

दूध नदिने बूढा भइसकेका भैँसी संकल गरी बिक्री गर्ने कारोबारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैँसी ५०० रुपैयाँ किसानबाटै असुल्न थालेको छ। “हामीबाट खरिद गर्ने व्यवसायीलेकर तिर्दैनन् तर हामीले तिर्नुपरेको छ’, बैतडी सिद्धपुरका गणेश धामीले भने, ‘स्थानीय सरकारको करको मारमा आखिरमा किसान नै पर्ने गरेका छन्।’

विभिन्न स्थानीय तहले एकीकृत कर लगाउने तयारीसमेत गरेका छन्। विगतमा ६० रुपैयाँ मालपोत तिर्ने किसानले पछिल्लो समय ६०० सम्म तिर्नुपरेको छ। स्थानीय सरकार बनेपछि कायापलट हुने सपना देखेका सर्वसाधारण एकीकृत सम्पत्तिका नाममा गाईभैँसी पाल्ने गोठको समेत कर तिर्नुपर्ने भएपछि हैरान छन्।
कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।