परदेशिएको मान्छे लाई सम्झँदा-प्रतिभा भट्टराइ

प्रतिभा भट्टराइ

वसन्तले सजिएको सुन्दर प्रकृती नियालिरहँदा तिमीले मेरो लामाे अनि कालो कपालमा लालीगुराँसको फूल टप्प टिपेर लगाइदिएका थियौ ।

पर कतैबाट कलकल खोला बगेको अनि झरनाको झर झर आवाजले तरंगिएको मन्कोइलिको बोली सँगै तिमी मेरो काे हौ भनी सोधीरहे झैँ लाग्थ्यो भने शिरिषको

फूल झरेर म लाई सिँगारी रहेको रमणिय पल भुल्न नसके रै त तिमीले अग्ला अग्ला भवन अनि समुन्द्रको किनारामा विदेशी साथी  सँग सेल्फी लिएका बेला

म गुराँस अनि पलाँस जस्ता रङ्गीन फूलहरूको साथ स्वर्गीय आनन्दको अनुभव गर्दै खिचिएका तस्बिरहरू नियाल्ने गर्दछु।

तिमी कामको गन्ध सँगै आउने पैसा काे महकमा रमाइरहेका बेला म बारीको डिल बाट बतासले ल्याउने भोगटे काे फुलको बास्ना मा तिम्रो आगमनको स्केच कोरिरहन्छु ।

तिमीले नौला अनि नचाखेका परिकार हरू को वर्णन सुनाउँदा म चाहिँ थकाली भाउजु ले पकाएको हेर्दै खा उँ खाउँ लाग्ने मोटा अनि झर्र काँडा उम्रेका ताता ताता सेल पनि तिम्रो अनुपस्थितिमा चिसा लाग्छन् र हेर्न सक्दिन।

अनि साँच्चै बृक्षा रोपण दिवस पारेर हामीले प्रकितिलाई हुर्काउने जिम्मा दिइएको काफलको रुखमा त अब चरा ले काफल पाक्यो भन्ने वेला पनि भै सकेको छ।
अगाडि रहने अनि सघाउने प्रति आकर्षित हुने मानवीय मन् तिम्रो पनि त होला र त हरेकदिन जस्तो अप्ठ्यारो मै पार्ने गरी आउने तिम्रा कलहरू आजभोलि बाटो पर्दा मात्र पस्ने पाहुना भएका छन् ।त्यसैले त बिर्सियौ कि भनी संका गरौं भने मुटु धड्किएला कि भन्ने डर ले भन्ने गर्छु मोबाइल बिग्रिए छ कि क्या हाे।