0 COMMENTS

काठमाडौं२७साउन०७५/ काठमाडौं जिल्ला अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न अादेश दिएकाे छ ।

उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो ।चन्दा संकलनको आरोपमा पक्राउ परेका खड्कालाई प्रहरीले साउन २२ गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ भने यस रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।