0 COMMENTS

 काठमाण्डाै२५साउन०७५/ माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण सेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ । यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने व्यवस्था रहेकोमा भदौ १ गतेसम्म पुर्याइएको हाे। बिक्री प्रबन्धक नागरिक लगानी कोषले अत्याधिक आवेदकको चाप कायम नै रहेकाले सात दिन समय बढाइएको जनाएको छ ।

राजधानीमा ११ संकलन केन्द्रबाट मात्र आवेदन संकलन गरिएकाले राजधानीमा बसोबास गर्दे आएका दोलखाबासीले आवेदन बुझाउन निकै सास्ती खेप्दै आएका थिए । आईपिओ फारम बुझाउन पुरै दिन लाग्ने गरेको थियो । दोलखा जिल्लाबाट भने साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

पुरानै तरिकाबाट आयोजनाको आइपिओ भर्न सकिने व्यवस्था गरिँदा लगानीकर्ताले दिनभरी लाईन लाग्नु पर्ने अवस्था आएको हो । साथै जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन ।

आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ साउन १६ गतेदेखि खुला गरेको थियो । दोलखा जिल्लाका ईच्छुक लगानीकर्ताले तामाकोशीको उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।