0 COMMENTS

काठमाण्डाै २५साउन०७५/  क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो ।

यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा उत्रेका सन्दीपले आफ्नो पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई ५ बलमा ९ रन बनाएको अवस्थामा आउट गरेका थिए ।

सन्दीपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन् । उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि गुयना वारियर्सले जित निकाल्दै त्यो स्कोरलार्इ छायामा पारिदियो ।

आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए ।

खेलको १० औँ ओभर पनि सन्दीपले विकेट लिए । दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए । मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिएका थिए ।

यद्यपित यसअघि सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गरेको थियो । उसले ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । १४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।