0 COMMENTS

चितवन २५साउन०७५/ अब सुन काण्डबारे नयाँ टिमले थप अनुसन्धान गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज शुक्रबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको र बाकीँ काम अब अर्को टिमले गर्ने बताए हुन् ।

सम्मेलनमा बोल्दै मन्त्री थापाले भने ‘कर्मचारी सरुवा नियमित पक्रिया हो। छानविनमा असर पर्दैनु, छानविनको प्रकृया करिब टुङ्गिइसकेको छ। केहीकाम बाँकी छ।’ सुन तस्करीको मुद्दा अदालतबाटै निर्णय हुने उनले बताए।

उक्त सम्मेलनामा निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि गरिएको इन्काउन्टर फेक (झूठो) नभएको दावी समेत गरेका छन् । मन्त्री थापाले प्रहरीसँगको मुठभेडमा अपहरणकारी मारिएको दावी गरे।

गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड गैरकानुनी क्रियाकलापमा सहभागी भएकोले पक्राउ गरेको बताए। उनले भने, ‘मन्त्रालयको काम कानुनको पालना गराउने भएकाले प्रकाण्ड चन्दा आतंक र ध्वसांत्मक गतिविधीमा संलग्न थिए त्यसैले पक्राउ गरियो। ‘कानुन र विधीलाई उलंघन गर्ने अपराधी हुन्, अपराधीलाई नियन्त्रण गर्ने काम सरकारको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।