0 COMMENTS

न्युजिल्याण्डका एक जना व्यक्तिलाई ३४ जना महिलाको नुहाउँदै गरेको भिडियो बनाएको आरोपमा दोषी ठहर गरिएको छ।उक्त व्यक्तिले आफ्नो गेस्ट हाउसको बाथरुमको श्याम्पुको बोत्तलमा लगाएको क्यामेराबाट भिडियो बनाउने गरेका थिए । उत्तरी द्वीपको हक्सको खाडीमा उक्त व्यक्तिले २१९ गुप्त रेकर्डिङ गरेका थिए । यो सबै रेकर्डिङ डिसेम्बर २०१७ देखि फेब्रुअरी २०१८ का बिचमा फिल्माइएको थियो।

दोषी ठहर गरिएका व्यक्तिको पहिचान गुप्त राखिएको छ । ताकि उनकी श्रीमतीलाई कुनै पनि प्रकारको समस्या सामना गर्नु नपरोस् । उक्त व्यक्तिले स्वयम स्वीकार गरेका छन् कि उनले केही भिडियो पोर्न साइटमा पनि उपलोड गरेका छन् ।

पीडित अधिकांश महिलाको उमेर ३० वर्ष रहेको बताइएको छ। क्यामेरा यसरी लगाइएको थियो कि नुहाउँदै गरेका महिलाको तस्वीर काँधदेखि घुँडासम्मको तस्वीर आउन सकोस् । तर कयौ भिडियोमा महिलाहरुको अनुहार पनि रेकर्ड भएको थियो।

यो कुरा थाहा हुन सकेको छैन कि स्पाई क्यामेरावाला स्याम्पुको बोत्तत घरमा बनाइएको थियो वा अनलाइनमा किनिएको थियो । प्रहरीले गेस्ट हाउसमा बसेका महिलाहरुको पहिचान गरिएको छ। प्रहरीले दिएको बयानमा ती महिलाहरुले भने कि उनीहरु यो थाहा पाएर दःखी र चकित भए । उनीहरुले उक्त व्यक्तिमाथि आक्रोश व्यक्त गरे, जसले भिडियो बनाएका थिए ।

फेब्रुअरीमा जब उक्त व्यक्तिको गिरफ्तारी भएको थियो तब उनले प्रहरीलाई बताएका थिए कि उनी यो मनोरञ्जनका लागि गर्दथे र उनलाई पक्राउ पर्ने डर थियो ।

अदालतमा यसो भनियो कि क्यामेरा लगाएपछि उक्त व्यक्ति रिमोटबाट क्यामेरा चलाउने गर्दथे । जब महिला बाथरुमभित्र नुहाउन जान्थे तब उनी टाढा बसेर क्यामेरा अन गर्दथे । भिडियो फिल्माएपछि उनी राति भिडियो आफ्नो कम्प्युटरमा डाउनलोड गर्दथे ।

त्यसमध्ये कयौ भिडियोलाई उनले पोर्न साइटमा पोस्ट गर्दथे । उक्त व्यक्ति भिडियो हेर्नेहरुसँग अपिल गर्दथे कि राम्रा कमेन्ट गरुन् ताकि उनी थप प्रोत्साहित हुन सकुन् र भिडियो बनाउन सकुन् ।

भिडियोको डिटेलमा उक्त व्यक्ति पीडित महिलाहरुका बारेमा पनि जानकारी हाल्ने गर्दथे । उनी उनीहरुको धर्म र व्यवसायको जानकारी पनि दिने गर्दथे । उनी यो पनि बताउँथे कि उनले यो भिडियो कसरी बनाए र पीडितको गोपनीयताको हनन् गरे ।

दोषी ठहर गरेपछि उक्त व्यक्तिका वकिलले अदालतसँग अपिल गरे कि उनको पहिचान गुप्त राखियोस् ताकि उनकी विरामी श्रीमतीको स्वस्थ्य खराब नहोस् । वकिलका अनुसार यदि उनको श्रीमानको पहिचान सार्वजनिक गरिएको खण्डमा उनको स्वास्थ्य थप खराब हुन सक्दछ ।

यता अर्का पक्षका वकिलका अनुसार उक्त व्यक्तिले घद्ध जना महिलाको नितान्त निजी क्षण सार्वजनिक गर्ने अपराध गरेका छन् । घटना सार्वजनिक भएपछि न्युजिल्याण्ड प्रहरीले उक्त भिडियो डिलेट गरेका छन् ।

दोषी ठहर गरिएका व्यक्तिलाई सजायको घोषणा अक्टोबरमा गरिनेछ । उनीमाथि लागेको धारामा उनलाई अधिकतम १४ वर्ष जेल सजाय हुन सक्नेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।