0 COMMENTS
प्रतीभा भट्टराइ

मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा वहुविवाह लाई कडा गरिएको छ। जस्मा जेठी श्रीमती हुँदा हुँदै सम्बन्ध बिच्छेद नगरी अर्की ल्याउन नपाइने, विवाह स्वत वदर हुने तर सो श्रीमतीबाट सन्तान जन्मेको खण्डमा बाबुको सम्पति मा दावी गर्न चाहिँ पाउने प्रावधान छ।

त्यस्तै गर्भ मा रहेको बच्चाको लागि पनि अंश भाग लगाइने तर मरेको जन्मिए मा भने सबै अंशियार हरुमा भाग लगाइने, विवाह दर्तामा पनि साक्षी राखिनु पर्ने, सहमतिमा गरिएका विवाहमा कसैले हस्तक्षेप गर्न नपाउने तथा विवाहित महिलाले आफ्नो इच्छा अनुसार थर राख्न पाउने अधिकार पनि छ।

यसका अतिरिक्त सम्बन्ध बिच्छेद काे सवालमा पुरुषहरूलाई कडा नियम रही आएको भएता पनि अव आएर केही प्रमाणहरू जुटेको खण्डमा उनीहरूले पनि सजिलै सम्बन्ध बिच्छेद गर्न सक्ने भएकाले कति पुरुष दाजु भाइ हरुलाई भदौ १ को व्य ग्र प्रतिक्षा रहेको पनि अधिकारी हरु बताउँछन्। तर जे जस्तो ऐन कानून बनेको भएता पनि अधिकार प्रति बेवास्ता गर्ने हरुका लागि भने कसैको केही नलाग्ने पनि उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।