0 COMMENTS

 रमिला बस्नेत,उदयपुर ,साउन २४/ उदयपुरको चाैँदण्डिगढि नगरपालिकामा २४ अाैँ विश्व अादिवासि दिवसकाे १ दिने कार्यक्रम सम्पन्न भएकाे छ। चाैँदण्डिगढि नगरपालिकाकाे सहयाेगमा नेपाल अादिवासि जनजाति महासंघले अायाेजना गरेकाे उक्त कार्यक्रम बेल्टारकाे बसपार्कमा सञ्चालन भएकाे शिक्षक पदम तामाङले बताए ।

कार्यक्रम उद्घाटन समारोहमा चाैँदण्डिगढि नगरपालिकाका  मेयर खगेन्द्र राई,उपमेयर रीता कुमारी चाैधरी र चाैँदण्डिगढि नगरपालिकाका  दशैवडाका वडाध्यक्षहरु, शिक्षकवर्गहरु,बुद्धिजीवी ,पत्रकार,स्थानीय बासिन्दा तथा अादिवासि जनजातिहरुकाे बाक्लो उपस्थिति रहेको थियाे। कार्यक्रममा स्वागत मन्तब्यकाे क्रममा कान्ता राईले पुर्वाधार विकास हैन जनचेतनामुलक कार्यक्रम गरियोस् भन्दै स्थानीय सरकारलाई अनुरोध गरेकि थीइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।