0 COMMENTS

बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका – ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे उपस्थिति थियोे ।

तिलाहारकाे सिद्देश्वर माहादेब मन्दिर बाट शिव पार्वतीकाे झाँकि सहित भक्तजनहरु शिव महिमा गाउँदै रामचाेकबेशिकाे पवित्र धार्मिक स्थल त्रिवेणीकाे शिवालय मन्दिर पुगेका थिय । गंगा स्नान पछि शिवकाे पुजा अर्चना गरिएको थियोे । मन्दिरमा पुजा गर्दै गर्दा नाग निस्किए पछि भक्तजनहरु अचम्मित परेका थिए । बाेल अाेम यात्राको समयमा मन्दिरमा नाग निस्कनु शुभ- संकेत भएको बाेल अाेम यात्रा ब्यावस्थापन समिति संयाेजक सपना श्रेष्ठले बताउनुभयो । त्रिवेणी बाट पवित्र जल सहित भक्तजनहरु पुन शिद्देश्वाेर माहादेब मन्दिर तिलाहार फर्केका थिए ।

त्रिवेणी बाट ल्याईएकाे पवित्र गंगाजल मन्दिरमा जलार्पण पछि भाेजन र प्रसाद ग्रहण गरिएको थियाे । बिद्वान पण्डित बेदराज पन्त द्वारा शिव महिमा प्रवचन भएको थियोे । साउन महिनाकाे प्रतेक साेमवार शिव महिमा भएपनि तेस्रो साेमवार विशेष महत्त्व हुन्छ । चिति साहित्य समाज लमजुङले प्रतेक बर्ष साउनको तेस्रो साेमवार बाेल अाेम यात्रा गर्दै अाएकाे छ । याे बर्ष यात्रलाई अझै भब्य वनाउन सपना श्रेष्ठ अध्यक्ष रहेको समिति बनेको थियो । याे बर्षकाे यात्र निकै सब्य र भब्य भएको भक्तजनहरु बताउछन् ।

बाेल अाेम यात्रा शिव महिमाले परिवारमा सुख शान्ति हुने, रक्षा हुने , धन प्राप्ति हुने र मृत्यु पछि माेक्ष प्राप्त हुने जन विश्वास रहेको चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेले बताउनुभयो ।यस्ता धार्मिक कार्यक्रम अायाेजना गर्नाले समाजमा धार्मिक बिचारकाे सिर्जना हुन जाने र मानिसको अापराधिक मानसिकतामा कमि अाउने बताउनुहुन्छ समाजका पुर्ब अध्यक्ष रुद्र निधि तिवारी । धार्मिक कार्यक्रमले समाजमा सकारात्मक बिचारकाे प्रवाह साथै अाफ्नाे माैलिक रितिरिभाज ,धर्म संकृति स्थानीय ठाउँकाे समेत प्रचारप्रसार हुने कार्यक्रममा सहयोगी शिव जाेशि बताउनुहुन्छ । चिति साहित्य समाजले अायाेजना गरेको बाेल अाेम यात्रा लाई सब्य र भब्य बनाउनकाे लागि बेसीशहर नगरपालिका ,रामकृष्ण तिवारी , ज्ञानशालि पन्त ,शिव जाेशि लगाएतले अार्थिक सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।