0 COMMENTS

 सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?

वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।

यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो ।

टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् । यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।

इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथिवीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।