0 COMMENTS

आँसु भन्न बित्तिकै आँखाबाट निस्किने पानीको थोपा हो । तर यो दुनियामा एकजना यस्ती किशोरी छिन् जसको आँखाबाट पानीको आँसु होइन, ढुंगाको आँसु झर्छ । मध्यपूर्वी देश यमनको एउटा गाउँमा बस्ने सादिया सलेह नामकी यी १६ वर्षे किशोरीले जब आँखाबाट आँसु निकाल्छिन् तब पानी होइन पत्थरका साना साना टुक्रा झर्दछ ।

जब उनी डाक्टरकोमा गएर आफ्नो समस्या बताउँदै रुन थाल्छिन् तब उनको आँखाबाट पत्थरी झर्दछन् । त्यो देख्दा डाक्टरहरु पनि अचम्ममा पर्दछन् ।

डाक्टरहरुले उनको आँखाबाट झरेका पत्थरीहरु जम्मा पारेर त्यसको परीक्षण पनि गरे । तर, रोग के हो भन्ने पत्ता लागेन ।

स्थानीय बासिन्दाहरुले भने जादूमयी शक्तिका कारण किशोरीको आँखाबाट पत्थरी झर्ने गरेको दाबी गर्दछन् । कतिपयले चाहीँ त्यो भयंकर महामारी भएको भन्दै त्रास फैलाउने प्रयास पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।