0 COMMENTS

एजेन्सी। कोलेस्टेरोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्टेरोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ ।

आवश्यकता भन्दा बढी कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ । यसरी कोलेस्टेरोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ ।

बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । एलडीएल र एचडीएल । एलडीएल कोलेस्टेरोललाई नराम्रों मानिन्छ भने एचडीएललाई राम्रों मानिन्छ । किनकी रगतमा एलडीएल कोलेस्टेरोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ ।

कोलेस्टेरोलको मात्रा के ले बढाउछ ?

धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्टेरोलको मात्रा खानाले , दैनिक शारीरिक अभ्यास वा कसरत नर्गनाले पनि यस्तो समस्या बढ्दै जान्छ ।
तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्टेरोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ ।
पारिवारिक पृष्ठभूमि- तपाईँको परिवारमा कसैलाई कोलेस्टेरोल छ भने तपाईँलाई पनि हुने सम्भावना बढी हुन्छ ।
साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्टेरोल बढ्न सक्दछ ।
खराब कोलेस्टेरोल घटाउने ६ खाना

१. ओखर
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ। ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ।

२. ओलिभ आयल
यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो। यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ। यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ।

३. रेडवाइन
मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ। रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ। यसले कोलेस्टेरोल लेभललाई घटाउँछ। यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ।

४. सुन्तलाको जुस
सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो। सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ। यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो। यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ। एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।

५. डार्क चकलेट
डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पु¥याउँछ। सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए। यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ। यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए।

६. ग्रीन टी
ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ। अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ। ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।