0 COMMENTS

नमराज भट्ट, बुटवल १९साउन०७५/ मृगौला रोगको उपचार गर्न अब काठमाण्डौ धाउनु पर्दैन ।

डा. शक्ति वस्नेत – मृगौला रोग विशेषज्ञ
(सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटलएण्ड रिसर्च सेन्टर प्रा.लि.)नेपालको शन्दर्भमा हेर्दा मृगौला रोग विशेषज्ञ २२, २३ जनामात्रै हुनुन्छ । त्यसमध्येमा डा. शक्ति वस्नेत १४ औ विशेषज्ञमा पर्नु हुन्छ ।
विर हस्पिटलमा ५ वर्ष र मृगौला विभागमा समेत कार्यको अनुभब लिएर आउनुभएका डा. वस्नेत पश्चिम नेपालको पहिलो मृगौला रोग विशेषक्षका रुपमा काम गरिरहनु भएको छ ।
सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटलएण्ड रिसर्च सेन्टर प्रा.लि.मा मृर्गौला रोग विशेषज्ञका रुपमा रहनुुभएका डा.वस्नेत भन्नुहुन्छ –
यो हस्पिटलमा विशेषत मृगौला रोग सम्बन्धी प्र्रत्यारोपणका अलवा अन्य सम्पूर्ण उपचार हुन्छ । मृगौलाको उपचार गर्नकै लागी अब काठमाण्डौ धाइरहनु पर्ने आबश्यकता छ्रैन । मृगौलाको उपचार गर्नु भन्दा पनी यसको रोकथाममा जानु पर्ने हुन्छ ।
किनकी यसको उपचार निकै खर्चिलो छ । निम्न आय स्रोत भएका व्यक्तिले त यसको उपचारको कल्पना समेत गर्न सक्दैनन् । शिद्धबाबा हस्पिटलले मृगौला रोगको उपचारका अलवा जनचेतना फैलाउने काम पनि निरन्तर गर्दै आइरहेकाछौ ।विभिन्न सामाजिक संघ संस्थाहरुमा मृगौला सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेका छौ । मृर्गौलाको विशेष सर्वशुलभ उपचार शिद्धबाबा हस्पिटलमा हुनेछ ।

बहु विशेषज्ञ सेवाका साथमा सर्वशुलभ गुणस्तरीय सेवा प्रदान गर्दै सिद्धबाबा हस्पिटल मानिस विरामी हुदा जाने स्वास्थ्य संस्था कस्तो हुनुपर्छ ? सबै क्षेत्रका मानिसले स्वास्थ्यको पहुँच पाएका छन त ? गरिव दुखीहरुको पहुँच स्वास्थ्य क्षेत्रमा कस्तो छ ? हरेक रोगको उपचार गर्न के काठमाण्डौ नै धाउनु पर्छ ? यस्ता यावत प्रश्नहरुको उत्तर खोज्ने मानिसको जमात धेरै छ । अझ त्यसमा पनी पछिल्लो समयमा निजिक्षेत्रबाट संचालनमा आएका हस्पिटल हरुको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको देखिन्छ ।
यस्तै विभिन्न समस्याहरुको समाधान गरी सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको समेत मुख्य केन्द्र मानिने बुटवलमा भर्खर मात्र निजि क्षेत्रबाट ठुलो लगानीमा संचालनमा आएको हस्पिटल हो सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ।बुटवलको राजमार्ग चौराहबाट ५०० मि. पूर्व बुटवल मण्डप अगाडी रहेको सिद्धबाबा हस्पिटलले विशुद्ध रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

बहु विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको सिद्धबाबा हस्पिटलका अध्यक्ष रमेश श्रेष्ठकाे हस्पिटल सम्बन्धी धारण यस्तो छ 

व्यापारको दृष्टिले खोलिएको हस्पिटल होइन ।
रमेश श्रेष्ठ – अध्यक्ष (सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.)
हरेक जटिल रोगको उपचारका लागि काठमाण्डौ या भरतपुर धाउनु पर्ने अवस्था अनि गरिब दुखी हरुले स्वास्थ्यको पहुँचबाट टाढा भई उपचार सम्भव रोगबाट समेत मृत्यु सहनु पर्ने भयावह अवस्थालाई मध्यनजर गर्दै विशुद्ध रुपमा सेवा दिने लक्ष्यका साथमा खोलिएको हस्पिटल हो । काठमाण्डौ बाहिर पहिलो पटक एउटै छानामुनि बहु विशेषज्ञ सेवा प्र्रदान गरेका छौ । यसमा म सहित अन्य ५ जना विशेषज्ञ डक्टरहरुको लगानी रहेको छ । हामीले व्यापारको दृष्टिले या भनौ नाफा कमाउने हेतुले खोलेका होइनौ । हामी सधै सेवा सुविधामा नै केन्द्रित हुनेछौ ।

यस अस्पतालमा ओ. पि. डी., २४ सै घण्टा इमरर्जेन्सी, फार्मेसी, प्याथोलोजी, प्रसुती सेवा, आई.सि.यू., सि.सि.यु सुविधा सम्पन्न ए. सि. सहितको जनरल वार्ड लगायत अन्य सेवा सुविधाहरु रहेका छन । विशेषत गरिब, अशाय, अशक्त तथा मध्यम वर्गिय स्तरको जनसमुदायलाई लक्षित गरि अस्पताल स्थापना गरिएको हो । पैसा छैन भनेर कोही ब्यक्ति फिर्ता जान पर्दैन । हामीले सक्नेलाई लाग्ने रकम लिन्छौ । जो गरिब छ पैसा तिर्न सक्दैन त्यस्ता विरामीलाई निशुल्क उपचार समेत गेरका छौ । दिन रात हाम्रा विशेषज्ञ डाक्टरहरु खटिइरहनु भएको छ ।

हामीकहा मुटु रोग विशेषज्ञ डा. दिपेश प्रधान, मृगौला रोग विशेषज्ञ डा. शक्ति वस्नेत, मस्तिष्क तथा स्नायु रोग विशेषज्ञ डा. संजिव कुमार शाह, दम, छाति तथा फोक्सो रोग विशेषज्ञ डा. यमन चन्द प्रधान, स्त्री रोग तथा प्रसुति रोग विशेषज्ञ डा. रजिना श्रेष्ठ प्रधान, रेडियोलोजी डा. नेत्र राना लगायतका विशेषज्ञहरु हुनुहुन्छ । सुविधा सम्पन्न गुणस्तरिय सुलभ सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।