0 COMMENTS

 एक महिलालेअाफ्नाे पतिले अाफुलाइ जबरजस्ती आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। विहेको ४ वर्षे यात्रामा पतिले पटक पटक जबरजस्ती अप्राकृतिक यौन सम्पर्क ओरल सेक्स गरेको ती महिलाको आरोप छ। भारतीय सञ्चारमाध्यमका अनुसार महिलाका श्रीमान डाक्टर हुन्। रिट निवेदनमा उनले पतिको कर्तुत रोक्नका लागि कडा ऐन नियमको माग गरेकी छिन्।

महिलाकी अधिवक्ता अपर्णा भट्टले दायर गरेको रिटमा पीडितसँग जबरजस्ती अप्राकृतिक यौनसम्पर्क गरेको र यो प्रकृतिको आदेशविरुद्धको सेक्स भन्दै धारा ३७७ अन्तर्गत यो अपराध भएको तर्क गरिएको छ। रिटमा सुनवाई गर्दै न्यायाधीशद्वय एनबी रमना, एमएम शांतनागौदरको इजलासले महिलाका पतिको नाममा नोटिस जारी गरेको छ।

भारतीय सर्वोच्च अदालतले आप्राकृतिक यौन सम्बन्धलाई अपराध मान्ने धारा ३७७ लाई चुनौती दिएका बेला महिलाले कडा नियमको माग गर्दै रिट दायर गरेपछि यो झन जटिल बनेको समाचारमा जनाइएको छ। पीडित महिलाका अनुसार उनको विहे २०१४ मा भएको थियो। विहेपछि श्रीमानले आफ्नो इच्छाविना पटक पटक अप्राकृतिक सम्बन्धका लागि बाध्य पारेको उनको आरोप छ।

यसअघि महिलाले पतिविरुद्ध बलात्कार र अप्राकृतिक यौनसम्बन्धको आरोपमा प्रहरीमा उजुरी समेत दर्ता गराएकी थिइन्। त्यो बेला घटना प्रहरीबाट गुजरात उच्च अदालतमा पुगेको थियो। तर वैवाहिक बलात्कारको कुनै प्रावधान नभएको भन्दै अदालतले मुद्दा नै खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।