0 COMMENTS

एउटी महिलालाई अपरिचित पुरुषले आफ्नो लिंगको तस्वीर पठाए । महिलाले यस्तो जवाफ दिइन् कि त्यो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो ।

मानिसहरुले यी महिलाको बहादुरी र मुखभरीको जवाफ दिएकोमा स्याबासी दिइरहेका छन् । बेलायतकी समान्ताले म्यानचेस्टरमा एउटा रेष्टुराँका रिभ्यु फेसबुक फोस्ट गरिन्, जसपछि एक जना अनजान पुरुषले कमेन्ट गरे–आफ्नो इनबक्स चेक गर ।

जसै समान्ताले इनबक्स चेक गरिन् तब त्यहाँ आफूलाई जेम्स बताउने व्यक्तिले आफ्नो लिंगको तस्वीर समान्तालाई पठाएका थिए ।

समान्ताले बीबीसीसँगको कुराकानीमा भनिन्–पहिला त मैले सोचेँ कि यस्तो हरकत गर्नेलाई नजरअन्दाज गरुँ, जस्तो कि हामी महिलालाई सबै सिकाइने गर्दछ । तर फेरि मैले सोचेँ कि यिनको सामना गर्नैपर्छ र मैले उक्त व्यक्तिको हर्कत सार्वजनिक गर्ने निर्णय गरेँ ।

समान्ताले उक्त व्यक्तिलाई जवाफमा लिंगका कयौ प्रकारका तस्वीर पठाउन सुरु गरिन् । जसमा कयौ रंगिन र लिंगको कार्टुनसमेत थियो ।
समान्ताले जब यसप्रकारको तस्वीर जेम्सलाई पठाइन् तब जेम्सले जवाफ दिए–अब भयो, मलाई बमिट गर्न मन लागिसक्यो ।

उनले समान्तालाई फेरि एउटा सन्देश पठाए–मैले जुन सन्देश पठाएँ, कृपया त्यसलाई सार्वजनिक नगर्नुहोला ।

बीबीसीसँग कुरा गर्दै समान्ताले भनिन्–म सबै युवालाई बताउन चाहन्छु कि हरेक युवती यस्तो हर्कत चुपचाप सहदैनन् । तपाईलाई अर्कोपटक सार्वजनिक रुपमा बेइज्जत गरिनेछ ।

समान्ताले यो पूरा घटना फेसबुकमा पोष्ट गरिन् जसलाई धेरैले शेयर गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।