0 COMMENTS

मिलन चाम्लिङ,०३साउन०७५/ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको अन्त्येष्टि शनिबार गरिने भएको छ । स्व.मेयर तारा सुब्बाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागी धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा शनिबार राखिने भएको छ ।

सुब्बाको पार्थिव शरिरलाई शनिबार दिउँसो पउने ११ः४५ बजेदेखि ०१ः४५ बजेसम्म पब्लिक स्कुलको खेल मैदानमा राखिने भएकाे हाे । श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पश्चात पब्लिक स्कुलबाट शव यात्रा सुरु गरी छाताचोक, नेपाल टेलिकम, पुरानो बजार सिंहदेवी चोक, छाताचोक, मेन सडक हुँदै भानुचोक, पुतलीलाइन, विजयपुर एफएम रोड, धनकुटे रोड हुँदै जिमिमार्गबाट हरियाली सामुदायिक वनसम्म लैजाने रुट धरान नगर कार्यपालिकाले तय गरेको छ ।

हरियाली सामुदायिक वनमा शनिबार पारिवारक संस्कार अनुसार स्व. सुब्बाकाे अन्त्येष्टि गरिने धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले जनाएका छन् । त्यस्तै गरी नगर कार्यपालिकाले आइतबारका दिन धरान उपमहानर क्षेत्रमा रहेका सरकारी कार्यलय र सार्वजनिक संस्थाहरुलाई एक दिन शोक विदा दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।