0 COMMENTS

पछिल्ला दिनहरुमा ‘सेक्स डल’को प्रचलन निकै बढेको छ । कतिपय धनाढ्य र यौनलाई रोमाञ्चक तरिकाले लिनेहरुले यस्ता डल किनेर उपयोग गर्ने गरेका छन् । आजसम्म बजारमा आएका यस्ता खेलौनाहरु पुरुषले प्रयोग गर्ने खालका छन् । कतिपय महिलाको शरीर भएका डलहरु दुरुस्तै मोडेल युवती जस्ता लाग्छन् । जापानी कम्पनीहरुले यस्ता डलहरुको बेसी उत्पादन गरेको पाइन्छ ।

तपाई यो समाचार एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहन्छ । तर अहिले भने बजारमा महिलाहरुले प्रयोग गर्न सक्ने डल मात्रै होइन रोबोट नै ल्याउन खोजिएको छ । अब छिट्टै पुरुष जस्तो देखिन रोबोट सेक्स डल बजारमा ल्याउने तयारीबारे प्रकाशित समाचार अनुसार, यी सैक्स रोबोटहरु कृत्रिम इन्टलिजेन्स प्रविधिमा आधारित हुनेछन् । जसलाई एउटा एप्सको माध्यमबाट नियन्त्रण गर्न सकिने छ । एप्सको माध्यमबाट पुरुषजस्तै देखिने सेक्स रोबोटलाई आफू अनुकूल पार्न सकिने छ ।

रियलबाटिक्स नामको कम्पनीले महिला सेक्स डल बेच्दै आएकोमा नयाँ पुरुष सेक्स रोबोट ल्याउने घोषणा गरेको हो । पुरुष सेक्स रोबोट बजारमा कहिलेबाट उपलब्ध गरिने छन्् भन्ने बारेमा कम्पनीले केही सार्वजनिक गरेको छैन । तर कम्पनीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडिया हेर्दा यसै वर्षको अन्तसम्म यस्ता रोबोट बजारमा आउने देखिन्छ । यी रोबोटमा बायोनिक लिंग समेत रहनेछ । जसलाई एप्सको माध्यमबाट नियन्त्रण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।