0 COMMENTS

बिराटनगर, २ साउन०७५ / डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबारका लागि आवहन गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रम असफल हुने देखिएको छ । निजी मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल
स्वास्थ्य सस्था बन्दको बिपक्षमा उभिने भएपछि आन्दोलन असफल हुने संकेत देखिएको हो ।

एशोसिएसनले बुधबार प्रेस बिज्ञप्ती जारी गरेर स्वास्थ्य सस्था बन्दको प्रतिकारमा उत्रने चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी बिज्ञप्तीमा स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ । लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तब्य निर्वाह गर्न बिज्ञप्तीमार्फत अपिल गरिएको हो ।

समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक बिधि बिपरीत ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ ।
सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ । बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बिभिन्न बाहनामा वारम्वार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने बिज्ञप्तीमा उल्लेख छ । ३ बर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागु गर्न खोज्नु ब्यवहारिक तथा न्याय संगत नहुने एशोसिएसनको ठहरछ ।

चिकित्सा शिक्षा बिधेयकको बिषयमा बिज्ञहरु र सरोकारवालाहरुको राय लिई सार्वभौम संसदमानै छलफल गरी लोकतान्त्रिक बिधि र प्रकृयाबाट टुंग्याउनुनै
अहिलेको समस्या समाधानको उत्तम बिकल्प रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । चिकित्सक संघ जस्तो जिम्मेवार निकायले मध्यस्थताको भूमिका निर्वाह गर्नुको साटो स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा बन्द आवहन गर्नु गलत भएको एशोसिएसनको निष्कर्ष छ । चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेपछि एशोसिएसन त्यसको बिपक्षमा उत्रिएको हो ।

अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसनबसिरहेका छन् । डा.केसीको पक्षमा भईरहेको आन्दोलन जस्तै उनको बिपक्षमा पनि माहोल तातिदै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।