0 COMMENTS

काठमाण्डाै०२साउन०७५/  सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।

आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।

समाचार अनुसार विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।