0 COMMENTS

मिलन चाम्लिङ,धरान १साउन०७५/ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।
सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
राजधानी काठमाण्डौमा उपचार गराइरहेका धरान उपमहानगरपालिका नगर प्रमुख तारा सुब्बाको स्वास्थ्य अवस्था गम्भिर रहेको आशंका गरिएको थियो ।
श्वास प्रश्वासमा शिकायत भएपछि मेयर सुब्बा उपचारका लागि साता अघि काठमाण्डौ गएका थिए । त्यहाँ स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराई रहेका उनलाई छातीमा संक्रमण (निमोनिया) भएको बताइएको थियो ।
अस्पतालले उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्दै आएको छ । सघन कक्षामा भर्ना गरिएकाले उनको स्वास्थ्य अवस्था गम्भिर रहेको आशंका गरिएको थियो ।
यसअघि मृगौला प्रत्यारोपण गरेका मेयर सुब्बाको स्वास्थ्य अवस्थाप्रति चिन्तित शुभेच्छुकहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा सकुशलताको कामना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।