0 COMMENTS

काठमाडौं१, साउन०७५/ मंगलबारदेखि बिहीबारसम्म तीन दिन देशभरमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको तीन दिनको मौसमी विवरणमा यस्तो जनाइएको हो ।महाशाखाकाअनुसार मंगलबार (आज) दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिम भू–भाग र पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । देशका बाँकी भू–भागका केही स्थानहरुमा भने हल्का वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।यस्तै, बुधबार दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रही देशको सुदूरपश्चिमी भू–भागका साथै पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । देशका बाँकी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।यस्तै, बिहीबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।बिहीबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम भू–भागका केही स्थानहरुमा र अरु भू–भागका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।