0 COMMENTS

 ऐले मुलुकमा दुई तिहाईकाे कम्युनिस्ट सरकार छ हिजो निर्वाचनमा जाँदा राष्ट्रिय हित र नागरिकका जनजिबिका मुद्दा सम्बाेधन गर्ने प्रतिबद्धताका साथ एउटै पार्टी बनेका ए मा ले र माअाेबादि नेपाली जनताले अाफ्नाे अमुल्य मत दिएर जिताए पछि ऐले उनिहरुले निर्वाचनमा समयमा गरेको प्रतिबद्धता भुल्नु हुदैन । सुखि नेपाली र सम्बृद्ध नेपालकाे संकल्प सहित अघि बढेको सरकारका कामहरु भने त्यसै अनुसार देखिन्छ त ?

दिन कस्तो हुन्छ बिहानिले संकेत गर्छ भनेझैँ याे सरकारकाे संकेत पनि अासा गरे अनुरुप देखिएको छैन । निर्वाचन भएको लामाे समय भएको छ यतिबेला मुलुकमा नागरिकहरुले अनुभुति गर्ने गरि परिवर्तन देखिनुपर्ने । नयाँ राज्य व्यवस्था ,नयाँ निर्वाचन र नयाँ दुई तिहाईकाे बलियो कम्युनिस्ट सरकार त्यसैले याे बिगतका अरु सरकार भन्दा फरक हुनुपर्छ तर त्यस्तो देखिएको छैन ।

मुलुककाे बिकास हुन पहिले सुसासन कायम हुनुपर्छ तर भ्रष्टाचार बिरुद्ध शून्य सहनसिलता भन्ने गरेको सरकार खाेई त भ्रष्टाचार नियन्त्रण ? ऐले देशमा गम्भीर खालका अपराधीक घटनाहरु बढेका छन् तर त्यसलाई निराकरण गर्नु सरकारकाे पहिलो कर्तव्य हाे । हामी पुरानो राज्य व्यवस्थाकाे अन्त्य गरेर नयाँ संरचनामा प्रवेश गरेका छाैं निश्चितरूपमा सरकारका अगाडि गम्भीर खालका चुनाैतिहरु छन् तर त्यस्तै याे सरकारलाई स्वर्णिम अवसर पनि छ । सरकारले घाेषणा गरेको सुखि नेपाली र सम्बृद्ध नेपालकाे शुभ संकेत देखिएन ।

अाम नागरिकहरु महंगिकाे मारमा परिरहदा सरकारले उनिहरुलाई करकाे भार थाेपरेकाे छ । निर्वाचित जनप्रतिनिधिकाे नाममा हाेस् वा पुर्व सरकारि पदाधिकारीकाे सेवा सुभिदा बढाउने नाममा राज्यकोषबाट रकमकाे दुरुपयोग भएको छ । बिकास निर्माणकाे लागि छुट्याइएको रकम बर्षभरि त्यसै बसेर असारकाे अन्तिममा झाराटारेर झ्वाम पारेका छन् । स्वास्थ्य ,शिक्षा लगाएतका क्षेत्रमा हुने गरेको दलालिकरण नियन्त्रण हुन सकेको छैन । गणतन्त्र अाएपछि सुख पाउने अासा गरिरहेका नागरिकहरु लाई हात्ती अायाे हात्ती अायाे फुस्सा जस्तै भयाे । सामान्य जीवन र उच्च बिचारका साथ गरिब नागरिकहरुकाे हितमा लाग्नुपर्ने कम्युनिस्ट शिर्ष नेताहरू ठुला ठुला धनाड्य , ठेकेदारहरुका घरमा छलफल र बैठक ,खानपिन , उठबसले नागरिकहरुमा गलत सन्देश जान्छ।

स्वास्थ्य शिक्षा र राेजगारिमा गरिब नागरिकको पहुँच पुर्याउनु सरकारकाे पहिलो काम हाे भने मुलुककाे स्वाधीनता स्वाभिमानकाे रक्षा ,अात्मनिर्भरमुखि अर्थतन्त्र बनाउने अबिभारा सरकारकाे हाे । गणतन्त्र अाएकाे पनि १२ बर्ष भयो देशमा उद्योग धन्धा कति खुले ? वैदेशिक राेजगारिमा जानेहरु कति घटे देशकाे स्वाधीनता कति बलियो भयो ? मुलुक अात्मनिर्भर हुन सक्यो कि सकेन यस्ता प्रश्नको उत्तर काे संग छ । नागरिकहरुका न्युनतम अावस्यकताकाे बारेमा छलफल गर्न छाडेर सरकार नागरिक लाई सपनाको अासा देखाईरहेकाे । अझै पनि सडकले छुन नसकेको ग्रामीण बस्तिहरुमा घण्टाै लगाएर पैदल हिड्नु पर्ने नागरिकहरु लाई पानी जहाज ,रेल काे अाश्वासन दिएर के काम ?

सिटामाेल समेत पाउदैनन् कतिपय ठाउँका नागरिकहरुले यस्तो अवस्थामा झुटाे अाश्वासन के काम गर्छ र ? जतिसुकै राष्ट्रबादिकाे नारा लगाएपनि याे सरकार पनि देशि बिदेशी शक्ति केन्द्रहरुकाे र देश भित्र पनि दलाल ,तस्कर हरुकाे चंगुलमा फसेको जस्तो देखिन्छ । प्रतिपक्षमा रहेको समयमा हाेस् वा निर्वाचनका समयमा मतदाता अाकर्षण गर्न दिइने गुलिया भाषण सरकारमा पुगेपछि भने प्राथमिकतामा पर्दैनन् । एउटा गरिब नागरिक लाई गम्भीर खालको राेग लाग्दा उपचार गर्न नसकेर प्राण जान्छ तर तिनै नागरिकले तिरेको करवाट ठुला भनिएकाहरु भने सामान्य उपचारकाे लागि बिदेश जानू कति जायज छ ।

बिदेशमा उपचार गर्न जाने रकम नेपालमा स्वास्थ्य क्षेत्रमा लगानी गर्न सके र स्वास्थ्य क्षेत्र सर्बसुलभ बनाउन सके सामान्य नागरिकहरुले पनि उपचार पाउन सक्थे । अाफ्ना छाेरा छाेरि बिदेशी महंगो स्कुलमा पढाएर जनताका छाेराछाेरि लाई पढ्न पाउने अधिकार बाट बञ्चित गर्नु कति जायज हाेला ? शिक्षाको लागि भनेर बिदेशीएकाे अरबाै रकम स्वदेशमानै शिक्षामा लगानी गर्न किन सकिदैन ? शिक्षा र स्वास्थ्य अत्यन्तै सुलभ बनाउन सके भ्रष्टाचार पनि कम हुन्छ । जग्गा जमिन राज्यले लिने र काम गर्नेहरुकाे हातमा जमिन दिन सके कति उत्पादन हाेला ? जसले मुलुक अात्मनिर्भरकाे बाटोमा अगाडि बढ्न सक्छ ।

सिमित ब्यक्तिहरु धनाड्य हुने र अाम नागरिकहरुकाे जिवनस्तर कहिल्यै उठ्न नसक्ने किन ? षाेषक सामन्त र दलालहरुकाे राज्यव्यवस्था चलिरहने हाे भने याे परिवर्तनको नाटक फेरि किन ? गरिब ,असहाय ,निमुखा नागरिकहरुकाे पक्षमा काम गर्न किन सकिएन ? दुईतिहाइकाे सरकारले अब कसैले काम गर्न दिएन भन्न सुहाउँदैन किनकि संसदमा प्रतिपक्ष अत्यन्तै कमजोर छ । अबपनि वाहाना बनाएर अाफुले गरेका बाचाहरु पूरा नगर्ने नियत हाे भने नेपालकाे ईतिहासमा अब नागरिकले भाेट हालेर जिताउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।