0 COMMENTS

महिला होस् या पुरुष, यौनको चाहना नजाग्नुका पछाडि अनेकौँ कारणहरू लुकेका हुन सक्छन्। व्यक्तिको जीवन कहिल्यै पनि एउटै गति र लयमा बग्न सक्दैन। उसको जीवनमा थुप्रै यस्ता घटनाहरू घटेका हुन सक्छन् जसले उसको मानसिक तथा भावनात्मक पक्षमा प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्।

तथापी, ‘यौनको चाहना नजाग्ने’ समस्या पुरुषहरूमा भन्दा महिलाहरूमा अधिक देखिने गर्दछ। किनभने भावनात्मक तवरले महिलाहरू बढि संवेदनशील हुने त अनुसन्धानबाटै प्रमाणित भएको कुरा हो। महिलाहरूको रजस्वलाचक्र सुरु हुनुभन्दा अगाडि उनीहरूको मनमा विभिन्न किसिमका भावनात्मक असन्तुलन पैदा हुन थाल्दछ। कसैलाई बिनासित्तीमा रिस उठ्ने हुन्छ भने कसैलाई रुन मन लाग्ने, खानामा रुची हट्ने जस्ता लक्षणहरू देखा पर्दछन्। यस्तो अवस्थालाई चिकित्सा भाषामा ‘पोस्ट मेन्स्रुअल सिण्ड्रोम’ (Post Menstrual Syndrome- PMS) भनिन्छ।

तर चिकित्सकहरू भन्छन् कि महिलाहरूमा यौन चाहना नजाग्नुका पछाडि मूख्यतः यी चार कारणहरू लुकेका हुन सक्छन्:-

१. रक्तसञ्चारमा बाधा मधुमेह तथा उच्च र कम रक्तचाप यस्तो स्वास्थ्य समस्या हो, जसले महिलाहरूको यौनाङ्गमा हुने रक्तसञ्चारलाई बाधा पुर्याउँदछ। यसरी यौनाङ्गमा सहजढङ्गले रगतको सञ्चार हुन नपाएपछि यौन चाहना जगाउने हरमोन ‘प्रोजेस्टेरोन’ र ‘एस्ट्रोजन’ को उत्पादनमा पनि बाधा आउँदछ। त्यसैले गर्दा नै महिलाहरूलाई यौन सम्पर्कको चाहना हुँदा हुँदै पनि उत्तेजना जगाउन पाइरहेका हुँदैनन्।

२. हरमोनमा समस्या
रजोनीवृत्ती (रजस्वला बन्द भएको अवस्था) भैसकेकी, स्तनपान गराइरहेकी, गर्भनिरोधक चक्कीको सेवन गरिरहेकी र गलगाँडको समस्या भएकी महिलामा यौन उत्तेजना पैदा गराउने हरमोनको पर्याप्त उत्पादन हुन पाउँदैन।

३. औषधीको साइडइफेक्ट
डिप्रेसनको औषधी, क्यान्सरको केमोथेरापी तथा पेनकिलर औषधी नियमित सेवन गर्नेहरूलाई पनि भन्ने बित्तीकै यौन चाहना नजाग्ने समस्याले सताउन सक्ने चिकित्सकहरू विश्वास गर्छन्।

४. स्नायूमा समस्या
विशैष किसिमको शल्यक्रिया गरेका तथा औषधोपचार पद्दती अपनाएका महिलाहरूमा पनि यौन चाहनाको कमी आउने गर्दछन्।

उपरोक्त कारणहरूलगायत अनिन्द्रा, थकान, चिन्ता तथा डिप्रेसनले पनि महिलाहरूमा यौनसम्पर्क गर्न मन नलाग्ने हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।