0 COMMENTS

इलाम, ३१ असार ०७५/ स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ ।

उक्त शाखाले एक÷एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताउनुभयो । कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको छ । कुवापानी कृषि सहकारी, जोरधारा कृषि सहकारी, दोकानडाँडा कृषि सहकारी संस्थालाई खेतबारी जोत्नका लागि अनुदानमा मिनि ट्रिलर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी तरकारी खेतीका लागि पाँच वटा प्लास्टिक पोखरीसमेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।