0 COMMENTS

काभ्रे३१असार०७५/ विश्वकप फुटबल २०१८ मा बेल्जियमले तेस्रो स्थान सुनिश्चित गरेको छ । तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो ।

शनिबार राति भएको खेलमा बेल्जियमसँग २–० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथो स्थानमा रह्यो। । बेल्जियमलाई जीत दिलाउनका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिएरले र ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरेका थिए । इंग्ल्यान्डले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन र विश्वकपको अन्तिम खेलमा गोलरहित पराजित बन्न पुग्यो ।

यो विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई दुईपटक पराजित गरेको थियो । बेल्जियमले समूह जी को खेलमा इंल्यान्डलाई १–० ले पराजित गरेको थियो। हाजार्ड खेलको म्यान अफ द म्याच बनेका थिए । सेमिफाइनलमा बेल्जियम फ्रान्स र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए । विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन् । विश्वकप फाइनलको खेल आइतबार (आज ) हुनेछ । नेपाली समय अनुसार विश्वकप फाइनल आज राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।