0 COMMENTS

केही दिनअघिको कुरा हो, जब क्यानडामा मरिजुआना जसलाई आम बोलीचालीको भाषामा गाँजा पनि भनिन्छ, त्यसलाई कानुनी वैधता प्रदान गरियो । सका साथै अन्य कयौ देश छन् जहाँ गाँजा सेवनलाई वैध गर्ने विषयमा विचार गरिँदैछ ।

यसैबीच केही यस्ता समूह पनि चर्चामा आउन लागेका छन् जो गाँजा सेवन यौन उत्तेजना बढाउनका लागि गर्दछन् । यसप्रकारका मानिसलाई ‘केनसेक्सुअल’ भन्ने गरिन्छ । वास्तवमा यो शब्द अंग्रेजीको ‘कैनाबीस’ बाट बनेको हो । कैनाबीस भाङको विरुवालाई भन्ने गरिन्छ ।

गाँजा र सेक्सको सम्बन्ध

बीबीसीका पत्रकार अयमान अल–जुजी लेख्छन्, जब हामी यौन उत्तेजना बढाउने उत्पादनको खोजी गर्दछौ तब हामीले धेरै कुरा पाउँछौ । यसमा तेल, स्प्रेयर, भाङको सुगन्त भएको ममबत्तीजस्ता कुरा महत्वपूर्ण छन् । तर यही चिजका साथै गाँजाको विरुवा पनि देख्न सकिन्छ।
तर प्रश्न उठ्छ कि आखिर यो कुरामा कतिको वास्तविकता छ र गाँजा सेवनबाट सेक्समा कति असर पर्दछ । भारतमा पनि गाँजा निकै लोकप्रिय छ।

प्राचीनकालमा मिश्रबासी महिलाहरु गाँजालाई महमा भिजाएर प्रयोग गर्दथे । यसबाट थाहा हुन्छ कि गाँजा र सेक्सका बिच सम्बन्धको कुरा कुनै नयाँ होइन । प्राचीनकालबाट यसैको जिकिर हुँदै आएको छ।

वैधता पाउँदै गाँजा

‘कैनासेक्सुअल’ शब्दको सबैभन्दा पहिला प्रयोग क्यालिफोर्निया निवासी सेक्स सल्लाहकार एश्ले मान्टाले गरेका थिए । उनले सन् २०१३ मा यो विरुवाको सहयोगमा सेक्स थेरापी र यौन शिक्षाका बारेमा कुरा गर्न सुरु गरेका थिए ।

यद्यपि अमेरिकामा अहिले पनि गाँजा सेवन प्रतिबन्धित छ।तर अमेरिकाका केही राज्यले अब यसलाई आफ्नोमा वैधता प्रदान गर्न सुरु गरेका छन् । सबैभन्दा पहिला उरुग्वेले गाँजामाथिको प्रतिबन्ध हटाएको थियो । साथै बेलायतमा पनि गाँजालाई मेडिकल उपचारमा प्रयोग गर्ने विषयमा विचार गरिरहेको छ।

बेलायतको लुटोन सहर निवासी एडम र डोनिया (परिवर्तित नाम) विगत तीन वर्षदेखि उत्तेजनाका लागि गाँजा सेवन गरिरहेका छन् । डोनिया भन्छिन्–म धेरै सुन्दर छैन । तर जब म गाँजाको प्रयोग गर्दछु तब यसप्रकारको विचार मेरो मनमा आउँदैन । मेरो शरीर आरामको मुद्रामा जान्छ र मलाई राम्रो महशुस हुन्छ । यही कारण हो कि ममा आत्मविश्वास आउँछ ।

वैज्ञानिक शोध हुन बाँकी

एउटा अमेरिकी संस्थाका अनुसार गाँजाको प्रयोग यति बढेको छ कि अब यसको सप्लाई पनि मुश्किल बन्दै गएको छ। यद्यपि गाँजा सेवन र यौन आनन्दमाथि अहिलेसम्म कुनै वैज्ञानिक शोध उपलव्ध छैन । तर मानिसहरुबीच यसको चलन बढ्दो छ।

जबकि यसको उल्टो हामी यस्तो शोध अवश्य पढ्न पाउँछौ, जसमा बताइएको हुन्छ कि गाँजा सेवनबाट पुरुषको यौन शक्ति प्रभावित हुन्छ ।
यही एउटा अर्को सर्भेमा उल्लेख गरिएको छ, जुन मानिस दिनहुँ गाँजा सेवन गर्दछन् उनीहरुमा यौनसम्बन्धी समस्या दुई गुनाका दरले वृद्धि हुन्छ । बेलायतमा यौन स्वास्थ्य तथा एचआइभी संस्थाका सल्लाहकार मार्क लौटन भन्छन् कि मानिसहरुलाई यौन सम्पर्कका क्रममा मदिरा, ड्रग्स वा नशा सेवन गर्ने जस्ता कुराबाट टाढा राख्न जरुरी छ। बीबीसी हिन्दीबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।