0 COMMENTS

यति बेला बजारमा सेक्स रोबोटको प्रयोग निकै बढिको पाइएको छ । युरोपेली मुलुकमा त यसको प्रयोग झनै बढेको छ । सेक्स रोबोटले मानिसको चरम सेक्स चाहानलाई केहि हदसम्म रोक्ने विज्ञहरुले बताएका छन् ।

केही समयअधिदेखि बजारमा छ्यापछ्याप्ती पाइन थालेका सेक्स डलहरु अनेक किसिमका हुन्छन् । यति मात्र नभई यस्ता सेक्स डलहरुसँग ५० किसिमका सेक्स गर्ने तरिका हुन्छन् । साथै तीनले प्रयोगकर्तासँग कुराकानी पनि गर्न सकछन् । लण्डनका वैज्ञानिकहरुको एक अध्यानले बढ्दो सेक्स डलको प्रयोगले प्रयोगकर्तामा ठुलो सम्स्या निमत्याउन सक्ने बताएको छ ।

रोबोटसँग हाम्रो लैंगिक भविष्य भन्ने शीर्षकमा आधारित उक्त रिपोर्टले बच्चा जस्तो डिजाइनमा सजिएका सेक्स डलहरुको व्यापार बन्द हुनु पर्ने बताएको छ । यस्ता खालका सेक्स रोबोटले बच्चाहरुमा गम्भीरअसर पर्न जाने उक्त रिपोर्टको दाबी छ ।

सेक्स रोबोट मनिसले नै निमार्ण गरेको हो । यसले यौन सम्बन्धी हुने कयौं अप्रीय घटनाहरुको न्यूनिकरणमा सहयोग पुग्छ । तर यस्ता खालका सेक्स डलका कारणले मानिसहरुमा एक्लोपना पैदा हुने विज्ञहरुको चेतावनी छ ।

छिट्टै रोबोट सेक्सले मानव सेक्सलाई उछिन्ने विज्ञहरुको पूर्वानुमान छ । तर केही सेक्स रोबोट विज्ञहरुले भने रोबोटसँगको सेक्स कुलतको रुपमा विकशित हुनसक्ने र यसले मानिस मानिस बीच हुने सम्भोगलाई नै प्रतिस्थापन गर्नसक्ने जोखिम देखेका छन् ।

साथै रोबोट विज्ञका अनुसार रोबोट सेक्स लतको रुपमा विकास हुने जोखिम किन पनि छ भने सेक्सका लागि रोबोट जतिबेला पनि तयार हुनेछ । कुनैपनि बेला सेक्सका लागि इन्कार नगर्ने भएपछि सेक्सको लत स्वतः बस्नेछ । त्यसकारण विज्ञहरुले यसले मानव सेक्सलाई उछिन्ने अनुमान लगाएका छन् ।

साथै रोबोटसँगको निरन्तर सेक्सले मानिसलाई चरम आनन्दको अनुभुति दिलाउनेछ र ऊ आफ्नो मानव पार्टनरसँग भन्दा रोबोटसँगै सहवासका लागि अघि सर्नेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।