0 COMMENTS

काठमाडौं२७, असार ०७५/ पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् प्रवेश गरेका छन् ।स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै रोनाल्डो ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका हुन् ।पाँच पटकका वर्ष खेलाडी अर्थात बलोन डि’ओर विजेता रोनाल्डोले नयाँ क्लव युभेन्टस्बाट खेले बापत वार्षिक ३० मिलियन युरो कमाउनेछन् ।

३३ वर्षे रोनाल्डोले रियाल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियालका सर्वाधिक गोलकर्ता हुन् ।रोनाल्डोले रियाल मड्रिडबाट २ पटक स्पेनिस लिग र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र पोर्चुगलको स्पोर्टिङबाट पनि खेलेका थिए । पोर्चुगलको राष्ट्रिय टोलीका लागि उनले ८५ गोल गरेका छन् ।उता अल्जेरीयन खेलाडी रियाद माहारेज इंग्लीश क्लव म्यान्चेस्टर सिटी प्रवेश गरेका छन् ।

यसअघि लेष्टर सिटीबाट खेल्दै आएका माहारेज ६० मिलियन पाउण्डमा म्यान्चेस्टर सिटी प्रवेश गरेका ह्न् ।२७ वर्षिय विङ्गर माहारेजले आगामी पाँच वर्षको लागि म्यान्चेस्टर सिटीसँग सम्झौता गरेका ह्न् ।माहारेज यस सिजनमा म्यान्चेस्टर सिटी प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् ।माहारेजले दुई वर्ष अगाडि लेष्टर सिटीलाई इंग्लीश प्रिम्रियर लिग च्याम्पियन बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।