0 COMMENTS

काठमाण्डाै२७असार०७५/  फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा सामुएल उमटिटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो ।खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो ।

यसअघि पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए ।

खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए ।

फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्स अब उपाधि उचाल्नबाट एक कदम पछि मात्रै छ । फ्रान्सले अब क्रोएसिया र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

फ्रान्ससँग पराजित भएसँगै बेल्जियम पहिलो पटक फाइनलमा पुग्ने अवसर पनि गुमाएको छ । फ्रान्सलाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको भए बेल्जियमले आफ्नो फुटबल इतिहासमा नयाँ अध्याय कोर्ने थियो । सन् १९८६ मा भएको विश्वकपको सेमिफाइनलमा बेल्जियम अर्जेन्टिनासँग २–० गोलले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।