0 COMMENTS

काठमाण्डाै२०असार०७५/नाडेप लघुवित्त(NADEP) को साधारण सेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने ८०.२९ प्रतिशत आवेदकको हात खाली भएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको लघुवित्तको कुल ४ लाख ३२ हजार कित्ता आइपिओका लागि २ लाख १९ हजार ९१ जनाले आवेदन गरेका थिए । जसमध्ये ४७४ वटा आवेदन रद्ध भएको थियो ।

सदर भएको २ लाख १८ हजार ६१७ आवेदकमध्ये गोलाप्रथाबाट ४३ हजार २०० आवेदकले १० कित्ता दरले शेयर हात पारेका छन् । यसअनुसार एक लाख ७५ हजार ४१७ जना आवेदकको हात रित्तो भएको छ ।

सर्वसाधारणका लागि निष्काशन भएको ४ करोड ३२ लाख बराबरको चार लाख ३२ हजार कित्ता आईपिओमा ९९ करोड एक लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन निष्काशन भएको शेयर भन्दा २२.९२ गुणा बढी हो।

लघुवित्तले असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो भने २४/२४ हजार कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

३० प्रतिशत आईपिओ जारी गरेसँगै नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाबाट बढेर १६ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।