0 COMMENTS

विभिन्न देशका कम्पनीबीच पातलो कण्डोम बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यसै क्रममा विश्वका सबै देशका कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले सबैभन्दा पातलो कण्डोम बनाएको छ । चिनियाँ कम्पनीले सबैभन्दा पातलो लेटेक्स कण्डोम बनाएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाएको हो ।

चीनको गुआंगजौ डेमिङ युनाइटेड रवर कम्पनीले उक्त सबैभन्द पातलो कण्डोम बनाएको हो । गिनिज बुकका अनुसार चिनियाँ कम्पनीले बनाएको सबैभन्दा पातलो कण्डोमको मोटाइ केवल शून्य दशमलव ०३६मिलिमिटर मात्र रहेको छ । यस अघि सबैभन्दा पातलो बनाउने रेकर्ड जापानले राखेको थियो । जापानी कण्डोमको मोटाइ शुन्य दशमलव ०३८ मिलिमिटर थियो । कम्पनीका जनरल म्यानेजर भिक्टोर चेनले वर्षभरीमा २०० करोड कण्डोम बनाउने र ति सबै चीनमै बेच्ने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।