0 COMMENTS

काठमाडौं०३असार०७५/  नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सेजलाई चाहिए जति विद्यतु आपूर्तिको व्यवस्था गरिने बताउनभएको छ ।

भैरहवामा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र सेजकोबारेमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले सेजमा पर्याप्त विद्यतु आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले तत्काल ४ मेगावाट विद्युत उपलब्ध रहेको भन्दै सबस्टेसन बनेपछि आवश्यक १४ मेगावाट विद्युत उपलब्ध गराइने बताउनुभयो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले सेजलाई आत्मनिर्भर अर्थतन्त्र विकासको थलोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । सरकारले आयात प्रतिस्थापन गर्न भन्दै देशका सातै प्रदेशमा विशेष आर्थिक क्षेत्रको रुपमा औद्योगिक क्षेत्र घोषणा गरिसकेको छ । सरकारले त्यस्ता क्षेत्रवाट उत्पादिन बस्तुहरुको खपत स्वदेशमा २५ प्रतिशत र ७५ प्रतिशत निर्यात गर्ने रणनिति लिएको छ ।

भैरहवा सेजमा २६ उद्योग सञ्चालन गर्न उद्योगीले अनुमति लिएका छन । कूल ५ हजार ४ सय ५२ जनालाई रोजगारी पु¥याउने प्रारभिक प्रतिवद्धता जनाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।